Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

श्रावण महिनामा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन ४ अर्ब अधिक, कस्को कति ?

non life insurance companies of nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको श्रावण महिनामा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १९ निर्जीवन बीमा कम्पनीहरूले कुल ४ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । औसतमा निर्जीवन बीमा कम्पनीहरूले २३ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा ६ निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १३ यस्ता निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।

चालु आर्थिक वर्षको श्रावणमा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनीकाे प्रभुत्व :

चालु आर्थिक वर्षको श्रावणमा राष्ट्रिय बीमा कम्पनीले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ८४ करोड २८ लाख रुपैयाँ अधिक कुल बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, शिखर इन्स्योरेन्सले ३५ कराेड ५२ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ३३ कराेड १९ लाख, सगरमाथा इन्स्योरेन्सले ३२ कराेड ६२ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख रुपैयाँ तथा नेको इन्सुरेन्सले २७ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। यी संस्थाहरूले चालु आर्थिक वर्षको श्रावणमा सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ।

समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले २३ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख रुपैयाँ बीमा शुल्कसङ्कलन गरेको देखिन्छ ।
Click here to join our viber community.

त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख रुपैयाँ, नेशनल इन्स्याेरेन्सले १७ कराेड ४८ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १७ करोड ३४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १६ करोड ६४ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले १६ करोड १४ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले १३ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यता, प्रभु इन्स्योरेन्सले निर्जीवन बीमा संस्थाहरू मध्ये सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त निर्जीवन बीमाले १० करोड ३४ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, सानिमा जनरल इन्स्योरेन्सले १० करोड ३५ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख रुपैयाँ र जनरल इन्स्योरेन्सले १२ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालमा सञ्चालनमा रहेका जम्मा १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको श्रावणमा कुल २ लाख २१ हजार ६४२ बीमालेख सङ्ख्या जारी गरेका छन् ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content