Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित


ज्ञानमाण्डू। नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ जस्ता दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो । अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो ।

नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइ फाइनान्स फोरमद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आइरहेकोे छ ।

तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी बैंकका एसएमइ एण्ड एमएफका प्रमुख निरज कुमार बस्नेत (डनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताउनुभयाे । देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको तथा अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उहाँकाे भनाई छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताउनुभयाे । उहाँले भन्नुभयाे, “एसएमई क्षेत्र अर्थतन्त्रका लागि निकै महत्वपुर्ण रहेकोले, अहिले देश तरलताको समस्यासँग लडि रहदा पनि एसएमई क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउदै लानु नबिल बैंकको प्रमुख प्राथमिकता मध्ये एक रहेको छ ।”

नवौँ ग्लोवल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१)  सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो । विश्व अर्थतन्त्रको मेरूदण्ड मानिएको एसएमइमा केन्द्रित रही तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवर्द्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवर्द्धन गर्न सकिन्छ भनेर छलफल गरेको थियो ।

कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो ।

यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ ।

त्यस्तै, एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यूु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौँ अवार्ड विस्तार गरेको जानकारी दिए । उनले भने “हामीले हरित वित्तीय लगानी न्चभभल ाष्लबलअष्लन को क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ । त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो सङ्ख्यामा आवेदन पर्यो । हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन् । यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो ।”

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च सर्मपित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्पत सेवा प्रदान गरिरहेको छ । नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा परिचत नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content