Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

मिर्मिरे र सबैको लघुवित्त मध्ये कुन वित्तीय सूचकमा को अगाडि ?


ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका दुई वटा लघुवित्त वित्तीय संस्थाहरू मिर्मिरे लघुवित्त वित्तीय र सबैको लघुवित्त वित्तीयलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, मिर्मिरे लघुवित्तको चुक्ता पुँजी १०८.५१ प्रतिशतले बढेर ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सबैको लघुवित्तको चुक्ता पुँजी १०.४९ प्रतिशतले बढेर २० करोड ६० लाख रुपैयाँ कायम भएको छ ।

जगेडा कोष: मिर्मिरे लघुवित्तले जगेडा काेषलाई ३३४.१४ प्रतिशतले बढाएर ३४ करोड ५३ लाख रुपैयाँ कायम गरेको छ भने सबैको लघुवित्तले जगेडा काेषलाई १९५.९६ प्रतिशतले बढाएर १२ करोड ८० लाख रुपैयाँ पुर्याएकाे छ।


निक्षेप संकलन: १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी मिर्मिरे लघुवित्त निक्षेप सङ्कलनमा सबैको लघुवित्त भन्दा अगाडि रहेको छ । सबैको लघुवित्तको निक्षेप सङ्कलन भने ९० करोड २८ लाख रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले ९०.४३ प्रतिशतले र सबैको लघुवित्तले ४९.६६ प्रतिशतले निक्षेप सङ्कलनमा वृद्धि गरेको देखिन्छ ।

सापटी: मिर्मिरे लघुवित्तले ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिएकाे छ भने सबैको लघुवित्तको सापटी रकम २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले १९२.२७ प्रतिशतले र सबैको लघुवित्तले ६४.८५ प्रतिशतले सापटी रकम वृद्धि गरेको देखिन्छ ।

कर्जा लगानी: मिर्मिरे लघुवित्तले ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गर्दा सबैको लघुवित्तले भने ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले आक्रामक रूपमा १५९ .६९ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने सबैको लघुवित्तले भने ७४.१८ प्रतिशतले कर्जा लगानी बढाएको छ ।

खुद ब्याज आम्दानी: मिर्मिरे लघुवित्तले व्यवसाय विस्तारबाट सबैको लघुवित्तले भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ। मिर्मिरे लघुवित्तले ४४ करोड ३२ लाख रुपैयाँ र सबैको लघुवित्तले २३ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेका छन् । खुद ब्याज आम्दानीमा मिर्मिरे लघुवित्तले १२९.२० प्रतिशतको वृद्धि हासिल गर्दा सबैको लघुवित्तले ४८.९८ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरेको छ ।

खुद नाफा: मिर्मिरे लघुवित्तले २० करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ भने सबैको लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । मिर्मिरे लघुवित्तले ४८१.९० प्रतिशतले नाफा वृद्धि गर्दा सबैको लघुवित्तले २३१.६८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

निष्क्रिय कर्जा: मिर्मिरे लघुवित्तको निष्क्रिय कर्जा सबैको लघुवित्तको भन्दा कम १ दशमलव ९९ प्रतिशत देखिन्छ भने सबैको लघुवित्तको २ दशमलव २५ प्रतिशत निष्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: मिर्मिरे लघुवित्तको प्रति शेयर आम्दानी ४६ रुपैयाँ रहेको छ भने सबैको लघुवित्त प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा सबैको लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.३२ गुणा छ भने मिर्मिरे लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.७२ गुणा रहेको छ ।

किताबी मूल्य: मिर्मिरे लघुवित्तको किताबी मूल्य १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने सबैको घुवित्तको किताबी मूल्य १६२ रुपैयाँ १३ पैसा रहेको छ ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content