Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा ११.१९ अंकको वृद्धि, नेप्से परिसूचक १८४८.८० को विन्दुम


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव १९ अंकले बढेर १८४८ दशमलव ८० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अंकले बढेर ३६० दशमलव ८८ को विन्दुमा पुगेको छ ।


आज कूल २२६ कम्पनीका २५ लाख ३१ हजार ३७० कित्ता शेयर रु ७२ करोड १२ लाख ५९ हजार ८८४ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य सामूहिक लगानी कोष शुन्य दशमलव ०६ अङ्कले घटेकाे छ। यता, बैंकिङ उपसमूह ६ दशमलव ७४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १४ दशमलव ०४ अङ्कले, होटल तथा पर्यटन उपसमूह ३०.७८ अङ्कले, विकास बैंक उपसमूह ४४.७५ अङ्कले, जलविद्युत उपसमूह ११.७४ अङ्कले, वित्त उपसमूह २७.१५ अङ्कले, निर्जीवन बीमा १९.६४ अङ्कले, उत्पादन उपसमूह ५४.७९ अङ्कले, अन्य उपसमूह २.५१ अङ्कले, लघुवित्त उपसमूह २८.३५ अङ्कले, जीवन बीमा उपसमूह ३५.५५ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३५ अङ्कले बढेका छन् ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content