Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

धितोपत्र बजारमा २३.८३ अङ्ककाे गिरावट, नेप्से १८१५.१३ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ८३ अंकले घटेर १८१५ दशमलव १३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ८३ अंकले घटेर ३५५ दशमलव ६० को विन्दुमा पुगेको छ ।


आज कूल २२८ कम्पनीहरूका ४० लाख १४ हजार ४१९ कित्ता शेयर रु १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूहहरू घटेका छन् । बैंकिङ उपसमूह ९ दशमलव ०५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ३४ दशमलव ४६ अङ्कले, होटल तथा पर्यटन उपसमूह २०.६७ अङ्कले, विकास बैंक उपसमूह ४९.३१ अङ्कले, जलविद्युत उपसमूह ५०.२९ अङ्कले, वित्त उपसमूह ३९.०४ अङ्कले, निर्जीवन बीमा ५९.१ अङ्कले, उत्पादन उपसमूह ८४.४६ अङ्कले, अन्य उपसमूह २१.८७ अङ्कले, लघुवित्त उपसमूह ५१.२४ अङ्कले, जीवन बीमा उपसमूह ६३.३ अङ्कले, सामूहिक लगानी कोष शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह १ दशमलव ६१ अङ्कले घटेका छन् ।


Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content