सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज ९ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

अईतबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले घटेको देख्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्