सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?

ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज १२ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ हजार रुपैयाँ तोकिएको छ ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले आेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्