Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

वाणिज्य बैङ्कहरूको निक्षेपमा ४१ अर्बको वृद्धि


ज्ञानमाण्डू। भाद्र २४ गते देखि भाद्र ३१ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४१ अर्बले बढेकाे छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार भाद्र ३१ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४४ खर्ब ८६ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४१ खर्ब ९० अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि भएको थियो।

त्यस्तै श्रावण मसान्त र भाद्र ३१ काे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा भने ५३ अर्बकाे वृद्धि देखिएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा भने १३ अर्बकाे वृद्धि भएकाे थियाे। श्रावण मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४४ खर्ब ३३ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४१ खर्ब ७७ अर्ब थियो ।

भाद्र ३१ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४३ खर्ब ७४ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब ११ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ६१ अर्ब (स्वदेशी मुद्रा) र २९ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content